भब्यताका साथ ४१ औँ अन्तराष्ट्रिय नृत्य दिवस सम्पन्न
नेपाल संगित तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नृत्य निर्देशक संघ नेपालको संयुक्त आयोजनामा ४१औँ अन्तराष्ट्रिय नृत्य दिवस तथा सुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ।
हिजो (सनिबार) १ बजेदेकि कार्यक्रम सुरु भएको थियो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मानीय राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपालमा प्रचलित विभिन्न जातजातिका लोक तथा परम्परागत नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बिभिन्न बिधाका नृत्यहरु जस्तै पंचकपाल नृत्य,टप्पा नृत्य, नृत्य र नेवारीनृत्य , गुरुङ मगर समुदायमा प्रचलित कौडा नृत्य, तामाङ समुदायको तामाङसेलो नृत्य प्रस्तुत गरिएको थियो । त्यसैगरी ‘द लर्ड अफ क्रु’ तथा ‘ह्वाइल्ड रिपजर्’समूले आधुनिक शैलीको नृत्य प्रस्तुत गरेको थियो ।…